अकल्पनीय दुर्घटना

आज बिहान हाम्रो यस रिभर भ्याली  इंग्लिश सेकेण्डरी  स्कुलको  लु १ ख १५५८ नम्बरको बस बगनासकाली १ पिप्लेमा दुर्घटना भएको छ ।
विद्यार्थी लिएर विद्यालय आउँदै गरेको बस ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो । स्कुल बस दुर्घटनामा परी विद्यार्थी सामान्य घाइते भएका छन् । जस् मध्य कक्षा ५ मा अध्ययनरत किरण दुधराज र कक्षा यू.के.जी की किना पचभैया   को लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा मा उपचार भैरहेको छ । बसमा २७ जना विद्यार्थी ,गाडी चालक र सहयाेगी गरी २९ रहेका थिए । सबै विद्यार्थी खतरामुक्त रहेका छन् । 
             साथै उद्दार कार्यमा अतुलनीय सहयोग पुर्याउनुहुने स्थानीयबासीहरू,उपचारमा सहयोग पुर्याउनुहुने लुम्बिनी मेडिकल कलेज प्रभास, प्रहरी कार्यालय प्रभास लगाएत सम्पूर्ण शुभचिन्तक ,शुभेच्छुक तथा सहयोगीहरू प्रति आभार प्रकट गर्दछौं ।यस दुर्घटना परी उपचारका क्रममा रहेका सबै विद्यार्थीहरूको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । 
                                            प्रिन्सीपल
                                               तथा
                                          विद्यालय परिवार





Contact Us

Maps

Facebook